arrow

धनकुटाको आँखामा रोशेष र केन्द्रमा दोर्ण

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार

धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाको सभापतिमा समाजिक अभियान्त युवा समाजसेवी रोशेष श्रेष्ठ चयन भएका छन् ।

नेपाल नेत्र ज्योती संघ धनकुटाका तत्कालिन अध्यक्ष दोर्ण गुरागाई हालै सम्पन्न नेपाल नेत्र ज्योती संघको केन्द्रिय महाधिवेशनबाट केन्द्रिय कोषाध्यक्षमा चयन भइ रिक्त रहेको धनकुटाको सभापतिमा आइतबार बसेके नेपाल नेत्र ज्योती संघ धनकुटाको सम्पन्न भएको बैठकले रोशेष श्रेष्ठलाई सभापतिमा चयन गरेको हो ।

नेपाल नेत्र ज्योती संघको केन्द्रिय कोषाध्यक्षमा चयन भएका दोर्ण गुरागाई र धनकुटा अध्यक्षमा रोशेष श्रेष्ठ,केन्द्रिय सदस्यमा अस्मिका राई र प्रदेश सचिवमा जय निरौला चयन भएकामा उनीहरुलाई नेपाल नेत्र ज्योती संघ धनकुटाका सल्लाहकारहरु दामोदर दाहाल,यज्ञ प्रकाश चपागाई,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ,नेपाल नेत्र ज्योती संघ धनकुटाका सचिव देव खड्का,कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,सह कोषाध्यक्ष जयन्द्र प्रधान,सदस्यहरु प्रकाश श्रेष्ठ, सुनिल डंगोल, आँखा अस्पतालका अध्यक्ष लिला मिश्र,दुर्गा अधिकारी, नेपाल नेत्र ज्योती संघ धनकुटा डा। राम प्रसाद पोखरेल आखा अस्पतालका व्यवस्थापक चित्र कर्ण, डा राजसी श्रेष्ठ, इशा विष्ट, डोनराज गुरुङ्ग, कर्मचारी देवराज पोखरेल लगायतले फुल माला तथा अविर लगाई दिई सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए । 
 
उक्त बधाई ज्ञापन कार्यक्रम नेपाल नेत्र ज्योती संघ धनकुटका सभापति रोशेष श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सचिव देव वहादुर खड्काले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ