कैलाली कारगारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या
पुस्कर पौडेल,
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
610
Shares
धनगढी । कैलाली कारगारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । ७८ वर्ष अघि निर्माण भएको कारागारको क्षमता विस्तार नगरिदा त्यहा रहेका कैदीबन्दीहरुलाई बस्न र सुत्न निकै समस्या भएको छ ।
वि.सं. १९९७ मा एक सय २५ जना अटाउने गरी निर्माण गरिएको कारागारमा कैदिबन्दिहरु हाल पाँच सय २१ जना रहेका छन् ।जसमा चार सय ८१ जना पुरुष र ४० जना महिला कैदीबन्दी रहेका छन् । त्यस्तै दुई नावालक रहेका छन् । स्वदेशी कैदी दुई सय ७५ रहेकोमा थुनुवा दुई सय ११ जना रहेका छन् । जसमा पुरुष कैदी दुई सय ५१ जना रहेकोमा थुनुवा एक सय ९८ जना रहेकोमा महिला २४ जना कैदी र १४ जना थुनुवा रहेको कारागारले जनाएको छ ।
विदेशी कैदीमा २५ जना रहेकोमा सात जना थुनुवा रहेका छन् । जसमा पुरुष कैदी २३ जना र थुनुवा सात जना रहेकोमा महिला दुई जना कैदी रहेको मा थुनुवामा एक जना पनि रहेको छैन । सवैभन्दा बढी कर्तव्य ज्यानमा ९४ जना कैदी रहेकोमा थुवुवामा २६ जना रहेका छन । स्वास्थ्य कमीको दरबन्दी रहेपनि हाल स्वास्थ्य कमी नहुँदा समस्या भएको कारागारले जनाएको छ । जिल्ला प्रशासनले भने स्वास्थ्यकमी र भवनको छिटै समस्या समाधान हुने बताएको हो ।
क्षमताभन्दा बढी कैदिबन्दीहुँदा आफुहरुलाई धेरै नै समस्या भएको कैदिबन्दीहरुले बताएका छन् । क्षमताभन्दा बढी कैदिबन्दीहरु हुँदा खान,बस्न लगायत शैचालयको पनि समस्या हुने गरेको पुरुष कैदिबन्दीका नाईके मीनबहादुर खडकाले बताए । कारागारमा स्वास्थ्यकमीको दरबन्दी रहेपनि स्वास्थ्य कमी नहुँदा आफुहरु लाई समस्या भएको कैदीबन्दीहरु बताउछन ।
स्वास्थ्य कमी नहुँदा सामान्य बिरामीलाई पनि सेती प्रादेसिक अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको करागारका चौकीदार तुलप्रसाद पाण्डेले बताए । क्षमताभन्दा दोबर कैदिबन्दी हुँदा बिरामीको समस्या हुने गरेको उनले बताए । एक सय २५ जना क्षमता भएको कैलाली कारागारमा चालु आर्थिक बर्षमा मात्रै एक नयाँ भवन थपेर दुई सय जनाको क्षमता बनाइयो ।
वि.सं १९९७ सालमा निर्माण गरिएका कारगारका भवन पनि जीर्ण अवस्थामा छन् । क्षमताभन्दा तेब्बर कैदी बन्दि हुँदा तिरपाल बेरेर राख्नु परेको जिल्ला कारागार कैलालीका जेलर महेन्द्र सिंह खड्काले बताए ।उनले स्वास्थ्य कमी नहुँदा दैनिक अस्पताल लैजानुपर्ने बाध्यता रहेको जानकारी दिए । आठ ओटा भवन भएपनि भवनको कमीले गर्दा एउटा कोटामा ६०÷७० जना कैदी राख्नु परेको उनले बताए ।
नयाँ र थप भवन निर्माणका लागि विभागमा स्टेटमेन्ट पठाइसकेको भए पनि अहिलेसम्म समाधानका लागि कुनै पहल नभएको उनले जानकारी दिए । कारागारमा स्वास्थ्यकमीका लागि प्रादेशिक अस्पतालबाट छिटो पटाइदिन भनेर ताकेता गरिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । कारागार व्यवस्थापन विभागलाई नया भवनका लागि जानकारी गराइएको उनले बताए । आफुले पनि नयाँ भवनका लागि पहल गरिरहेकाले छिटै नै यसको व्यवस्थापन हुने उनले जानकारी दिए ।