सहपाठीलाई ट्रकले हानेपछि विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीको अश्रुग्याँस र गोली
प्रकाशित २०७६ मंसिर २२ आइतबार
626
Shares
कोहलपुर। एक स्कुले बालिका ट्रकको ठक्करबाट गम्भीर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको छ। त्रिभुवन उच्च माविमा कक्षा सातमा पढ्ने प्रकृती चन्द ठकुरीलाई उनका पिताले स्कुल पुर्याउने क्रममा ट्रकले ठक्कर दिएको थियो।
ट्रकले ब्याक गरेर बालिकालाई किचेको बिद्यार्थी र स्थानीयले देखेपछि ट्रक तोडफोड र आगजनी गरेका थिए। आफ्नी सहपाठीको स्थिती चिन्ताजनक भएपछि विद्यार्थीहरु प्रदर्शनमा ओर्लेका थिए। उनीहरुले ढुङ्गामुढा गर्नुका साथै टायर पनि बालेको स्थानीय पत्रकार चेतकान्त भट्टराईले जानकारी दिएका छन्।
प्रर्दशनमा ओर्लिएका बिद्यार्थीहरुलाई डिएसपी हेम शाहीको नेतृत्वका प्रहरीलेलखेटेर विद्यालय हातासम्म पुर्याएको थियो। त्यसक्रममा प्रहरीले प्रधानाध्यापक र शिक्षकहरुलाई नियन्त्रण गरेपछि सबै बिद्यार्थी सडकमा ओर्लिएका थिए। उनीहरुले प्रहरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरसम्म पुर्याएका थिए।
स्थानियहरुले बिद्यार्थीलाई साथ दिएका थिए। पछि प्रहरीले नेपालगञ्जबाट थप बल मगाएको थियो। प्रहरीको थप बल आएपछि स्थिती झन नतावग्रस्त भएको थियो। प्रहरीले अश्रुग्यास, हवाईफायर र रबरको गोली प्रयोग गरेको छ।
स्कुलको बालबालिकामाथि बर्बरता देखाएको प्रहरीले स्थिती नियन्त्रण लिने नाममा कलिला बालबालिका माथि गोली चलाएर स्थिती झन् तनावग्रस्त बनाएको स्थानीयको आरोप छ।
विरोध प्रर्दशनका क्रममा कैयन बिद्यार्थी, स्थानिय घाईते भएका छन्I केेहि प्रहरी पनि घाइते भएको बताइएको छ।