विश्व प्रजातान्त्रीक युवा मञ्चको उपाध्यक्षमा भुषाल
प्रकाशित २०७६ मंसिर २२ आइतबार
737
Shares
काठमाडौं । विश्व प्रजातान्त्रीक युवा मञ्च (डब्लुएफडीवाई) को अन्तर्राष्ट्रिय उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित भएका छन् ।
साइप्रसमा भएको मञ्चको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनले भुषाललाई उपाध्यक्षमा निर्वाचित गरेको हो । उनी नेकपा निकट राष्ट्रिय युवा संघ नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए ।
मञ्चमा नेपालको तर्फबाट नेकपा निकट युवा संघसँगै अनेरास्ववियु पनि सदस्य रहेको छ । नेपालले सम्मेलनमा सन् १९९३ बाट सहभागिता जनाउँदै आएको छ ।
युवा संघको विदेश विभाग उपप्रमुखसमेत रहेका भुषाल यसअघि सोही मञ्चको एसिया क्षेत्र संयोजक भएका थिए ।
विश्वका ६३ देशका ९५ युवा संगठनहरु आबद्ध रहेको यस मञ्चको अन्तर्राष्ट्रिय अध्यक्ष भने स्पेनका अरित आरजी निर्वाचित भएका छन् ।
पर्वतको बिहादी गाँउपालिका उराम स्थायी घर भई काठमाडौमा बस्दै आएका भुषाल सफल युवा उद्यमी पनि हुन् ।