नेपाललाई एथलेटिक्समा दोस्रो स्वर्ण, गोपीचन्द पार्कीले जिते रेकर्ड
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
412
Shares
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको एथलेटिक्समा नेपालले दोस्रो स्वर्णपदक जितेको छ । गोपीचन्द पार्कीले ५ हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।
दशरथ रंगशालामा शुक्रबार बिहान भएको दौडमा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.०२ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
हरि रिमालले यही स्पर्धामा कास्यपदक जितेका छन् । यसअघि १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्णपदक जितेकी थिइन् ।