arrow

सेनाको हेलिकप्टरबाट आठ गर्भवतीको उद्धार

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
helicoptor-army1.jpg

जाजरकोट । सुत्केरी ब्यथा लागेर निरन्तर रक्तश्राव हुन थालेपछि जुनीचाँदे गाउँपालिका–२ की ३१ वर्षीय कमला तिरुवालाई हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको छ ।

पुसको पहिलो हप्तामात्र सुत्केरी हुने मिति भएको बताउने उनलाई  सोमबारदेखि सुत्केरी ब्यथाले च्याप्दा निरन्तर रक्तश्राव भएको थियो ।

अहिलेसम्म स्वास्थ्य संस्थामा पाइलासम्म नटेकेको बताउने तिरुवाको स्वास्थ्य अवस्था जोखिममा परेपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिए ।

तिरुवालाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो । योसहित जाजरकोटमा आठ जना गर्भवतीको उद्धार गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ