सागको भलिबलमा दुई छिमेकी प्रतिद्धन्द्धीबीच फाइनल भिडन्त
प्रकाशित २०७६ मंसिर १५ आइतबार
536
Shares
काठमाडौँ । भारत र पाकिस्तान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई तथा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ अङ्कले पराजित गर्यो ।
अर्को सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई २५–१५, २५–२१ र २६–२४ अङ्कले हराएको हो ।