कास्की । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएकी छन् ।
उनले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाएकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेसका उम्मेदवार पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका नेता हुन् भने नेकपा उम्मेदवार विद्या भट्टराई स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन् ।
उम्मेदवार खेमराज पौडेल भन्छन् ‘वीपी कोइराला पनि विचार र आदर्शको अगाडि उमेर केही होइन, उमेरले विचार र आदर्शलाई प्रभावित पार्न सक्दैन भन्नुहुन्थ्यो । मेरो पनि मान्यता यही हो’, पौडेलले भने, ‘अबको बाँकी जीवन समाजसेवामै लगाउने अठोट लिएर मैदानमा ओर्लिएको छु ।’
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलेले विद्यालाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिइसकेका छन् । पार्टी उठाएको उम्मेदवार विद्या भट्टराईमा मन्त्री बनेर विकास गर्न सक्ने क्षमता रहेको चर्चा गर्दै नेता गौतमले भने, “उपनिर्वाचनमा विजयी गराएर पठाउनुहोस् बाँकी अवधिमा मन्त्री बनाएरै छाड्छौँ । विद्या त्यसका लागि अग्रपङ्क्तिमा हुनु हुनेछ ।”
त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेका छन्। पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।