गडीमाई २ मा नेकपालाई हराएर कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी
प्रकाशित २०७६ मंसिर १५ आइतबार
662
Shares
रौतहट। रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ७ सय ७१ मत ल्याएर विजयी भएका हुन् ।
श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उमेदवार जवार मियाले ५ सय ९६ मत ल्याए । समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याए ।
१ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रबाट मतदान भएकोमा १ हजार ५ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका थिए।
२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित वडाअध्यक्ष जोगी दास तत्माको मृत्यु भएपछि उक्त वडामा निर्वाचन भएको हो।
मृतक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उमेदवारी दिएपनि उनी निकटतम प्रतिष्पर्धी बन्न सकेनन्।