चितवन खैरहनी ५ मा प्रचण्डलाई चक्मा दिदै कांग्रेसकी प्रतिमा विजयी
प्रकाशित २०७६ मंसिर १४ शनिबार
1.2k
Shares
चितवन। नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले जितेको छ।
नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् ।
कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।
चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन्।
यसअघी काग्रेसले वैतडी र अर्घाखाँचीमा पनि जीत हासिल गरेको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् ।
यसैगरि बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।