चुनावमा भोज खुवाउने नेकपा, तस्विर खिच्दा धम्की खाने पत्रकार
नेकपाकै कार्यकर्तासँग मिलेर चितवनका एसपी मल्लले गरे पत्रकारमाथि दुर्व्यवहार
प्रकाशित २०७६ मंसिर १४ शनिबार
740
Shares
चितवन। चितवनको भरतपुर महानगरपालिका १६, श्री मा.वि ढडाघारी मतदान केन्द्रमा पत्रकारहरुलाई नेकपाका कार्यकर्तासँग मिलेर एसपी दान बहादुर मल्लले दुर्व्यवहार गरेका छन्।
पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य समेत रहेका राजु सापकोटा, चितवनका वरिष्ठ पत्रकार महेन्द्र राज श्रेष्ठ र कृष्ण सुनुवार माथि भोज भतेर लगायतका गतिविधि क्यामेरामा कैद गरिरहेको बेला ढडाघारीमा सत्तारुढ नेकपाका कार्यकर्ताले प्रहरी प्रशासनकै अगाडि र्दुव्यवहार गरेका हुन ।
मतदान केन्द्रसँगै रहेको घरमा निर्वाचन आचार संहिता विपरित भोज भतेरको तस्विर र भिडियो खिचेका पत्रकारहरुलाई नेकपाका कार्यकर्तासँगै मिलेर एसपी मल्लले दुर्व्यवहार गरेका हुन्। उनले पत्रकारको सुरक्षामा भन्दा पनि नेकपाको कार्यकर्ताको बलमिच्याईलाई साथ दिए।
र्दुव्यवहारका क्रममा साक्षीका रुपमा रहेका चितवनका एसपी दान बहादुर मल्लकै उपस्थितीमा पत्रकारत्रयले कैद गरेका विभिन्न भीडीयो क्लिप डिलिट गर्न बाध्य भएका हुन् । भिडियो डिलिट गर्दिन भनेर पटक पटक ईन्कार गर्दा उल्टै एसपी मल्लको निर्देशनमा भिडीयो डिलिट गरिएको पत्रकार सापकोटाले बताए।
पत्रकारहरुलाई तुच्छ बोली र व्यवहार हुँदै गर्दा प्रहरी प्रमुख मल्ल र सुरक्षा प्रमुखहरु मुकदर्शक बनेका थिए। पत्रकारहरुलाई स्थानीयहरुले सुरक्षा दिएर आक्रमण हुनबाट बचाएका थिए ।