arrow

मध्यरातमा कांग्रेस नेता अर्जुन जोशीमाथि आक्रमणको प्रयास

logo
प्रकाशित २०७६ मंसिर १४ शनिबार
todfod.JPG

पोखरा,। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीमाथि आक्रमणको प्रयास भएको छ ।

शुक्रबार मध्यरात उनी बसेको होटलमा पुगेर आक्रमणको प्रयास भएको हो। 

मध्यरात होटलमा पुगेर २ जनाले  जोशी बारे सोधिखोजी गरी आक्रमण गर्ने प्रयास गरेका थिए ।  

उनीहरुले नेता जोशी बसेको पोखरा बुटिक होटलको रिसेप्शन तोडफोड गरेका छन् ।। होटलका कर्मचारीले सिसि क्यामेरा रहेको जानकारी गराएपछि उनीहरु त्यहाँबाट फर्केका थिए ।  

निरुत्साहित गर्ने उद्देश्यले नै नेकपाको तर्फबाट आक्रमणको योजना बनाइएको दावी गर्दै जोशीले  भने, ‘चुनावलाई प्रभावित गर्ने उदेश्यले नै आक्रमणको योजना बनाइएको हो। यो पराजित मानसिकताको उपज हो।’ 

लामो समय पोखरामा खटिएका नेता जोशीको प्रभावका कारण उनीमाथि आक्रमणको योजना बनाइएको हुन सक्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ