arrow

कीर्तिमानी सेनाकी खेलाडी तुलसा साग छाडेर भागिन् कतार

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
sag-tulasa-khatri-bhagin.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको अन्तिम तयारीमा रहेकी नेपाली सेनाकी एथ्लेटिक्सकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षण छाडेर कतार भागेकी छिन् । 

उनी ४ सय मिटर दौड र ४ सय मिटर रिलेमा नेपालको प्रतिनिधित्व गर्दै थिइन् । उनले गत महिना चीनमा भएको सैन्य प्रतियोगितामा ४ सय मिटर दौडमा देशका लागि नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।

उनले आठौं राष्ट्रिय खेलकुदमा ४ सय मिटर दौडमा स्वर्णपदक जितेकी थिइन् । उनले निर्धारित दूरी ५९.९१ सेकेन्डमा पार गरेकी थिइन् ।

उनले प्रशिक्षक चन्द्र गुरुङलाई पठाएको सन्देशमा ‘देशका लागि खेल्ने ई्रच्छा हुँदा हुँदै झुठ बोलें । आफ्नो लाईफ बनाउन कतार हिडे ।’ लेखेकी छिन् । उनीबाट नेपालले पदकको आशा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ