चुनावको अघिल्लो रात पोखरामा पनि कांग्रेसले नियन्त्रणमा लियो चामलको ट्रक
प्रहरीलाई बुझाइयो चामलको ट्रक
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
648
Shares
पोखरा। शनिवार हुन लागेको चुनावका मतदातालाई प्रभावित पार्न लगिएको आशंकामा चामलको बोरा बोकेर निर्मलपोखरीतर्फ जाँदै गरेको ट्रकलाई काँग्रेसका नेता तथा कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।
चामलको बोरा बोकेर जाँदै गरेको ग १ च १३६० नम्बरको ट्रकलाई उनीहरुले नियन्त्रणमा लिएका हुन् ।
निर्वाचनमा मतदातालाई प्रभाव पार्नका लागि चामल बाँड्न लगिएको काँग्रेस नेता गुरु बरालको आरोप छ।
नेकपाका नेता कार्यकर्ताले चुनाव भएको ठाउँमा मतदाता प्रभावित गर्न नगद, जिन्सी र आश्वासन दिदै आएको सार्वजनिक भइरहँदा शनिवार हुने उपनिर्वाचनलाई लक्षित गरी यस्ता गतिविधि भएको उनले आशंका व्यक्त गरे।
‘ट्रक देखेपछि बाटोमा चेक गरियो । रोकेका छौं । अगाडी अज्ञात मान्छे थिए,’ बरालले भने, ‘नियन्त्रणमा लिएर जनचेतन स्कुलको प्राङ्गणभित्र राखेका थियौं । अहिले ट्रक प्रहरीको नियन्त्रणमा छ । '