arrow

स्वस्थ्य हुँदै प्रधानमन्त्री ओली, स्वास्थ्यमा उल्लेखनीय सुधार  

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
pm-olis11.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे बिहीबार बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।     
     
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।  

उनलाई अझै केही दिन अस्पतालमै राखिने डा अरुण सायमीले जनाएका छन् । उनको १२ वर्षअघि मिर्गौैला प्रत्यारोपण भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ