-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् ।
धरानमा भएको चुनावी सभालाई सम्वोधन गरेपछि उनी सीधै काठमाडौं आएर ओलीलाई भेट्न गएका हुन् ।
ओलीलाई एपेन्डिसाइटिस भएपछि शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्यमा सामान्य सुधार भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
देउवा उपत्यका बाहिरको चुनावी सभा सकेर काठमाडौं आएका हुन्। उनले बुधबार भक्तपुरमा हुने चुनावी सभालाई सम्वोधन गर्दैछन् ।
बुधबार राति १२ बजेपछि उपनिर्वाचनको मौनअवधि सुरु हुनेछ ।