सरकारको ‘हुतिहारा’ पाराले कालापानी फिर्ता हुँदैन : गगन थापा
प्रकाशित २०७६ मंसिर ९ सोमबार
748
Shares
बागलुङ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले सरकारले देखाएको हुतिहारा पाराले भारतले आफ्नो नक्सामा देखाएको कालापनी फिर्ता नहुने बताएका छन्।
आगामी मंसिर १४ गतेको उपनिर्वाचनको संघारमा आउँदै गर्दै काँग्रेसले जिल्लाको बुर्तिबाङमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले सरकार भारतसँग टक्कर गर्न नसक्दा हाम्रो सिमा भारतको नक्सामा पुगको बताए। उनले हाम्रो भुमि फिर्ता लिनका लागि काँग्रेस लगायतका दलहरुले साथ दिए पनि सरकारले वास्ता नगरेकोमा दुःख व्यक्त गरे।
राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाको लागि काँग्रेसले सरकारलाई जोडबलले साथ दिएको छ। थापाले भने, ‘हामी मात्र हैन अन्य दलहरुले पनि साथ दिँदा प्रधानमन्त्री केपिशर्मा ओली यसको बारेमा केही पनि बोल्न सक्नुभएको छैन। भारतले सिमा मिचेको कुरामा सरकार केही बोलोस भन्ने काँग्रेसको चाहना हो।’
पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले अहिलेको सरकार काँग्रेसका पालामा भएको कामलाई शंख घण्ट बचाउँदै उदघाट्नमा मात्र हिँडेको आरोप लगाए। जनताले समृद्धि चाहेका छन। समृद्धि कहिले आउँछ उनले प्रश्न गरे, दुई वर्षमा जनताले धेरै समृद्धिको आशा गरेका थिए। देशमा समृद्धि आउला भन्दा हत्या हिंसा बढदै गएको छ। जनताले अपमान हैन सम्मानका निम्ती नयाँ संविधान ल्याएका हुन। संविधानको मर्म बुझेर सरकारले काम गर्नुपर्दछ।
उनले राष्ट्रिय जनमोर्चा प्रति कटाक्ष गर्दे नेकपाको खेदो खन्ने र सँघियताको विरोध गर्दे हिँड्ने चित्रबहादुर केसी पदको लोभमा निरन्तर चुनाब लड्न पनी नछोड्ने बताए। मुद्धा एका तिर काम एकातिर नि सम्भव हुन्छर कमरेड थापाले भने, अघि पछि संघियताको विरोध गर्दै प्रदेश चाहिँदैन भन्ने ले अहिले आफ्नै दलको उम्मेदवार बनाएर निर्वाचनमा होमाउनु भएको छ। थापाले राजमोले निर्वाचनमा सम्म नेकपाको साथ लिएको छ निर्वाचन पछि नेकपालाई नै गाली गर्दे हिडने जिकिर गरे।
थापाले बागलुङ प्रदेश सभा २ (ख) को यसपटकको निर्वाचनमा नेपाली काँग्रेसका जित शेरचनको जित सुनिश्चत भइसकेको बताए। उनले यहाँका जनता यस पटक आफ्नो मत बदल्ने र काँग्रेसका उम्मेदवार जित शेरचनलाई जिताउनेमा आफु ढुक्क रहेको बताए। कार्यक्रममा उम्मेदवार जित शेरचनले आफ्नो जनताको हलि हुनका लागि उम्मेदवार बनेको हुँदा हलि बनाउने जिम्मा जनतालाई नै सुम्पेको बताए। म हुनै राज्य गर्नका निम्ती निर्वाचन लडेको हैन शेरचनले भने तपाईहरुले मलाई जिताएर पठाउनुभयो भने तपाईकै हलि बन्नेहो। तपाईहरुले नै गराएको काम गर्ने हो। त्यसैले यस क्षेत्रको विकास र निकासका निम्ती तपाईले मलाई भोट दिनुहोस।
मंसिर १४ गते बागलुङमा प्रदेश सभा सदस्य र वडा अध्यक्षको लागि उपनिर्वाचन हुँदैछ। कार्यक्रमम राष्ट्रिय सभा सदस्य धना खटिवडा संघिय सांसद ज्ञानकुमारी छन्त्याल, संविधान सभा सदस्य नरबहादुर पुन निरज लगायतले जित शेरचनले जितेमा मात्र पश्चिम बागलुङका जनताको सपना साकार हुने बताए। कार्यक्रम नेपाल महिला संघका केन्द्रिय प्रतिनिधि डिलमायाँ पौवीको धन्यबाद मन्तव्य र जिल्ला अध्यक्ष शकुन्तला शर्माको संचालनमा सम्पन्न भएको थियो।