कर नीतिबिरुद्धमा लड्न मेयरका उम्मेदवारलाई ब्यापारीको आग्रह
प्रकाशित २०७६ मंसिर ८ आइतबार
679
Shares
धरान । नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई स्थानीयदेखि संघीय बर्तमान नेकपा सरकारको नीतिका कारण करको कारणले व्यावसाय चौपट र धरासायी भएको भन्दै नीतिको विरुद्ध लड्न आग्रह गरेका छन ।
धरान १ ,२ र १२ नम्बर वडाका ब्यापारीहरुले राईसँग नीतिको विरुद्ध लड्न आग्रह गरेका हुन ।आइतवार चुनाबी घरदैलोको क्रममा मत माग्न आएका तिलक राई ब्यापारीहरुले यस्तो आग्रह गरे।
ब्यापारीहरुले करको मार्कमा परेको भन्दै बिजयी भएर करलाई सबैको पउचँमा पुर्याउन समेत तिलक राईलाई आग्रह गरेका थिए । सर्बहाराको वकालत गर्ने कम्युनिष्टले सानो तिनो ब्यापारी गरी खानेहरुलाई करको चापमा परेको भन्दै राईको कर घटाउछु भन्ने एजेन्डा मन परेको कारण कांग्रेसलाई समर्थन गर्ने उनिहरुले बताए ।
आइतवार बिहान प्रजातन्त्रका सेनानी चन्द्रप्रसाद श्रेष्ठको हातबाट आशिर्वाद लिएर तिलक राईले घरदैलो सुरु गरेका थिए । बजारबासीको साथ र समर्थन पाएर उत्साहका साथ घरदैलौ कार्यक्रम धरान –१२ को चतरालाइन छाता चौक हुँदै दक्षिण बजार , भानु चौक परिक्रमा गर्दै चतरालाइको पानी टंकीमा सम्पन भएको थियो । घर दैलोलो क्रममा वडा नं २ कि राजाबादी अगुवा तथा समाजसेबि पिग्ला न्यौपानेले पनि तिलकलाई लाल किल्ला दौड्नै पर्छ भन्दै आशिर्वाद दिइन ।