चितवन मेडिकल कलेजको छात्रावास परिसरबाट पिस्तोल बरामद
प्रहरी जुट्यो अनुसन्धानमा
प्रकाशित २०७६ मंसिर ७ शनिबार
936
Shares
चितवन। चितवन मेडिकल कलेजको छात्रावास परिषदबाट प्रहरीले पिस्तोल बरामद गरेको छ। प्रहरीले शनिबार होस्टलबाट एउटा पेस्तोल बरामद गरेको हो।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (बिप्लब) का छोरा प्रकाश चन्द सोही कलेजमा पढ्दैछन्। प्रकाश चितवन मेडिकल कलेजमा आन्दोलनको नेतृत्व गरिरहेका छन्। कलेजले सरकारी शुल्क भन्दा बढी लिईएकोमा विद्यार्थीहरू शुल्क घटाउनको लागि विरोध गरिरहेका छन्।
मेडिकल कलेज सञ्चालक र विद्यार्थीहरूको शुल्कको बारेमा लामो समयसम्म तनावको बीच कलेजमा पिस्तोल फेला परेपछि उक्त घटनाले एउटा महत्वपूर्ण मोड लिएको छ।
आन्दोलनकारी विद्यार्थीहरूले यो घटना आन्दोलनलाई दबाउने षडयन्त्र भएको बताएका छन्।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छात्रावास परिसरबाट पिस्तोल पाएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान शुरु गरेको बताए।