मुस्लिम समुदाय प्राथना पछि कांग्रेस उमेदवार राईसँग
प्रकाशित २०७६ मंसिर ७ शनिबार
258
Shares
धरान। धरानमा चुनावी प्रचार प्रसारमा रौनक थपिएको छ। गत चुनाव भन्दा यो पटक कांग्रेसका लागि सुनौलो अवसर समेत आएको चर्चा धरानमा चुलिदो छ। शुक्रवार पुर्वगृहमन्त्री कृष्ण सिटौला, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहित कांग्रेसका नेताहरूले धरानमा चुनाव प्रचार कार्यक्रम भव्य गरेका छन्।
कांग्रेस नेताहरु तथा उमेदवार तिलक राई धरान ३ स्थित जामे मस्जिदमा मुस्लिम समुदायले भब्य स्वागत गरेका छन्। शुक्रबार भएकोले धार्मिक प्रार्थना पछि मस्जिद अगाडी भएको कार्यक्रममा धरानका मुस्लिम समुदायले कांग्रेस उमेदवार सहितका नेता कार्यकर्तालाई स्वागत गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी समेत सहभागी थिए। मुस्लिम समुदायले गरेको सम्मान कार्यक्रमबाट कांग्रेस नेता कार्यकर्ता उत्साहित भएको अन्सारीले बताए। यसपटकको चुनावमा धरानका मुस्लिम समुदायले कांग्रेसलाहे सहयोग गर्ने अन्सारीले भरोसा जनाए।