arrow

मन्त्री भट्टले पार्टीको घोषणापत्रका बिषयलाई कार्यान्वयन गर्ने

logo
रासस,
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
lekhraj-bhatta.jpg

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
 
मन्त्रालयमा बिहिबार आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताए ।

जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उनले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिए। राष्ट्रिय गौरबका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उनको भनाइ थियो ।   

सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्नेविचार व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ