arrow

प्रचण्डले बीनालाई मन्त्रीबाट नहटाउने अडान राखेसंगै मन्त्रिमण्डल पुनर्गठन अनिश्चित

गृहमन्त्री थापाका कारण ओली–दाहालबीच मतान्तर 

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
oli-prachanda6.jpg

काठमाडौं। पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खानेपानीमन्त्री विना मगरलाई खानेपानीमन्त्रीमै यथावत राख्ने अडानका कारण मन्त्रिमण्डल पुनर्गठनको प्रकृया अनिश्चित हुन पुगेको हो ।

आफ्नो पारिवारिक कारण बुहारीसमेत रहेकी मन्त्री मगरलाई नहटाउने अडान दाहालले प्रधानमन्त्री समक्ष लिएका छन् । यद्धपी प्रधानमन्त्री सम्बन्ध स्रोतअनुसार प्रधानमन्त्री ओलीले भने कार्य मुल्याङकन समेत सबैभन्दा कमजोर भएको,विवादित काम गरेको र भ्रष्टाचार खानेपानी मन्त्रालयमा मौलाएको भन्दै मन्त्री मगरलाई हटाउने पक्षमा छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठनको लागी अन्तिम तयारी गरेपनि खानेपानीमन्त्रीमै यथावत हुनुपर्ने अडानका कारण मन्त्रिमण्डल पुनर्गठनको काम रोकिएको छ । दुई अध्यक्षविच मतभेद देखिएको नेकपाका एक नेताले हाम्राकुरालाई बताए । उनले भने विशेषत खानेपानीमन्त्री विना मगरलाई राख्ने कि हटाउने भन्ने विवादका कारण मन्त्रिमण्डल पुनर्गठनको प्रक्रिया नै रोकिन पुगेको हो।

गृहमन्त्री थापाका कारण ओली–दाहालबीच मतान्तर 

पूर्वमाओवादीतर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापालाई हटाउने वा नहटाउने भन्ने विषयमा ओली–दाहालबीच मतान्तर पछिल्लो समय बढ्दै गएको देखिएको हो । प्रधानमन्त्री सम्बन्ध स्रोतअनुसार प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई यथावत राख्न पक्षमा उभिएका छन् भने अध्यक्ष दाहाल गृहमन्त्री थापालाई हटाउने पर्ने अडानमा छन् । ओली र दाहालको यही अडानका कारण मन्त्रिमण्डल पुनर्गठन लम्बिने निस्चित भएको छ । अध्यक्ष दाहाल गृहमन्त्री थापालाई हटाएर उनको ठाउँमा आफू अनुकुलका व्यक्ति पठाउने योजनामा छन् ।

दाहाल निकट एक नेताकाअनुसार पछिल्लो समय दाहाल र थापाबीचको सम्बन्ध राम्रो छैन। सरकारमा गएपछि आफूलाई सहयोग र समन्वय नगरेको भन्दै दाहाल थापासँग असन्तुष्ट छन् । त्यसकारण उनलाई हटाएर आफू अनुकुलको व्यक्ति गृहमन्त्री बनाउने सोचमा दाहाल छन् ।

अध्यक्ष दाहाल कृषिमन्त्री चक्रपाणी खनाल र उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनीहरुको ठाउँमा जनार्दन शर्मा, लेखराज भट्ट वा अग्नी सापकोटालाई मन्त्री बनाउने योजनामा छन् । प्रधानमन्त्री ओली भने थापालाई मन्त्रीमै यथावत राख्दा पाटीभित्रको शक्ति समीकरण नबिग्रने भन्दै हटाउन इच्छुक देखिएका छैनन्। 

‘प्रधानमन्त्रीको चाहना त पूर्व माओवादी तर्फका दुईजना थापा र वर्षमान पुन बाहेक अरु सबै हटाउने र नयाँ ल्याउने भन्ने छ। तर, अध्यक्ष दाहाल भने दुईजना मात्रै हटाउने अडानमा हुनुहुन्छ। यीनै अडानले मन्त्रिमण्डल पुनर्गठन लम्बिएको हो,’ स्रोतले भन्यो ।

ओली र दाहालबीच यस विषयमा कुरा मिलेलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुनेछ। यही विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल छलफलमा सोमबार साँझ बस्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार आगामी मंगलबारअघि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने योजनामा प्रधानमन्त्री ओली छन् । यही योजनाअनुसार उनले आफ्नो गृहकार्य अगाडि बढाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ