बागलुङ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्व छाडा साँडे जस्तो भएको आरोप लगाएका छन । उपनिर्वाचनको सन्दर्भमा बागलुङको पश्चिम निसीखोला गाउँपालिकाको राजकुटमा भएको कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दे सिटौलाले नेकपाको नेतृत्वले आफुलाई जे लाग्यो तेही गर्दै हिँडेको आरोप लगाएका हुन ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्नो कार्यकर्ताको मर्म नबुझी जथाभावी गर्दै हिँडेको बताए ।
उनले जनताको अधिकारलाई उपेक्षा गर्दै नेकपाको नेतृत्वको सरकार अगाडी बढेको हुँदा कांग्रेसले यसको भण्डाफोर गर्दै हिँडेने बताए । आफ्नै कार्यकर्ताको त नेतृत्वले मर्म बुझदैन, नेता सिटौलाले भने, पार्टी भित्र उपयुक्त उम्मेदवार हुँदा हुँदै संघियता विरोधी सँग साठघाँट गर्दै हिँडेको छ, जनताको मागलाई पार्टी भित्रका नेताले उठाउँदा उल्टै कारबाही गरेको छ यो त अति लज्जास्पद विषय हो । सिटौलाले बाम गठबन्धनको नाममा राजमो र नेकपाको गठबन्धन काग र कोईलीको जस्तो भएको बताए ।
पुर्व गृहमन्त्री समेत रहेका उनले सरकारले अहिले सम्म कुनै उपलब्धी मुलक काम गर्न नसकेको बताए । सरकार मन्त्रीह? हेरफेर गर्ने तयारीमा छ रे सिटौलाले भने, ‘मन्त्रीह? हेरफेर गरेर कुनै मन्त्रीले केही माखो नमारेको जिकिर गरे । उनले पश्चिम बागलुङको विकास र निकासका निम्ती कांग्रेस सधै अग्रसर रहेको हुँदा कांग्रेसका उम्मेदवार जित शेरचनलाई मत दिई जिताउन जनतालाई आग्रह गरेका थिए ।
कांग्रेसका पुर्व महामन्त्री समेत रहेका सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुटनका लागि आग्रह गरेका थिए । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले संघियता विरोधीको र सरकारमा रहेकाको कुनै मुद्धा नमिल्ने हुँदा उनिह?को उम्मेदवारलाई मत दिएर खेर जाने बताए । कांग्रेसका चुनावी अभियानका लागि केन्द्रिय सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा आउने कार्यक्रम रहेको कांग्रेस बागलुङले जनाएको छ ।
सभामा बोल्दै क्षेत्र नं. २ प्रदेश (ख) का कांग्रेसका उम्मेदवार जित शेरचनले यस क्षेत्रको विकासका निम्ती आफ्नो चुनाव चिन्ह ?खमा मतदान गर्न कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस बागलुङ जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, संघिय सांसद ज्ञानकुमारी छन्त्याल, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी, दलित नेता मञ्जित ताम्राकार, लगायले जनताको साथी भनेकै कांग्रेस भएका कारण काग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताएका थिए ।
कार्यक्रम निसीखोला गाउँपालिका–७ राजकुटका पार्टी सभापनि दिपक कुँवरको सभापतित्व र भव बहादुर कुँवरको संचालनमा सम्पन्न भएको थियो ।