arrow

रोनाल्डोको ९९ औं गोलमा पोर्चुगल युरोकपमा

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर २ सोमबार
ronaldo54.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले देशका लागि ९९ औं गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल अर्को वर्ष आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ ।

आइतबार राति भएको खेलमा लग्जेम्बर्गलाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो । रोनाल्डो र बुर्नो फर्नान्डेसले एक एक गोल गरे ।

३९ औं मिनेटमा फर्नान्डेसले र ८६ औं मिनेटमा रोनाल्डोले गोल गरेका हुन् । 

जितसँगै समूह ‘बी’ बाट पोर्चुगलले समूह उपविजेता बन्दै युरोकपमा स्थान बनाएको हो । ८ खेलबाट पोर्चुगलले १७ अंक जोड्यो । 

युक्रेन २० अंकसहित शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भयो । आइतबार राति युक्रेनले सर्बियासंग २–२ गोलको बराबरी खेलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ