यसपाली परिवर्तनको पक्षमा तपाईको मत – फूल दिँदै मत माग्दै कांग्रेस उम्मेदवार
प्रकाशित २०७६ मंसिर १ आइतबार
512
Shares
धरान । धरानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कहिले आशिर्वाद त कहिले समस्या सुन्दै मत मागिरहेका नेपाली कांग्रेसका मेयरका उम्मेद्बार शनिबार सयपत्री फुल दिदंै मतमाग्दै गरेको अवस्थामा भेटिए ।
यसपाली परिवर्तनको पक्षमा तपाईको मत भन्दै घरदैलौ गरिरहेका तिलक राईले धरान १७ को विभिन्न टोलमा मत माग्न ब्यस्त देखिन्थे ।
२०५४ मा वडामा र २०७४ सालमा सम्पन स्थानिय निकायको निर्वाचनमा नगरमा पराजय भएका राई यसपटक भने कार्यक्रमको उत्साहजनक साथ पाएर उत्साहित देखिन्छन ।
भष्ट्राचार अन्त्य गर्ने, कर घटाउने, भ्रष्टाचार मुक्त धरान बनाउने नारासहित घरदैलौमा रहेका राई शनिबार १७ नम्वर वडाको रेल्वे, ऐश्वर्य लाइन, लोकप्रिमार्ग,
स्मृतिमार्ग, खहरे टोल, डांडा घोपा, फोक्ल्याड टाँपु, पटनाली जस्ता टोलमा मत माग्न पुगेका थिए ।