arrow

तरकारी लिएर घर फर्किदै गरेका साहको बसको ठक्करबाट मृत्यु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
dead2.jpg

जनकपुरधाम । धनुषामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

शुक्रवार धनुषा जिल्ला को लक्ष्मीनिया गाँउपालिका  ६ निकाल भन्ने स्थानमा जनकपुरबाट विराटनगर जादैँ गरेको ना.७ ख.३६९३ नम्बरको आयुष ट्राभल बसले विपरीत दिशाबाट जनकपुर आउदै गरेको ज.९ प. ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का ४१ वर्षीय गोविन्द साहको मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गोविन्द साहको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेको धिरेश साहको उपचार भई रहेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार शुक्रबार  विहान ९ बजे महेन्द्र नगर बजारबाट तरकारी लिएर घर जनकपुर फर्किदैँ गर्दा मोटरसाईकललाई बसले ठक्कर दिएको थियो । धनुषा प्रहरीका अनुसार बस र चालक दुबै महेन्द्र नगर इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।

घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशीक अस्पताल जनकपुरधाममा राखिएको छ भन्ने घाइतेको जनकपुरमा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको जनकपुर स्थित प्रादेशिक अस्पतालले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ