arrow

नगर प्रमुखलाई प्रश्नै प्रश्न ?

सडकको धुलो कहिले सम्म, फोहोमैलामा अनियमिता

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
purnbhadur_gurung.jpg

स्याङ्जा । वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणलाई नगरवासीले प्रश्नैप्रश्न गरेका छन् । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीले नगर प्रमुख प्रति प्रश्नै प्रश्न गरेका हुन् । नगरपालिकाको काम कारवाहिप्रति ध्यानाकर्षण गर्दै सार्वजनिक सुनुवाईमा नगरवासीले आक्रोस पोखेका छन् ।

नगरवासीको सबै भन्दा बढी गुनासो सडकको धुलोको विषयमा उठाएका थिए । सिद्धार्थ राजमार्ग अन्र्तगतको वालिङ सडक खण्ड धुलाम्मे हुँदा नागरिकलाई सास्ती भएको गुनासो नगरवासीको छ ।  वालिङ नगरपालिका १ देखि १३ को बाँयटारी सम्मको राजमार्ग घाममा धुलो र पानीमा हिलो हुँदा यात्रु तथा स्थानीयलाई समस्या भएको सहभागिको गुनासो छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्को प्रमुख आथित्यतामा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा वालिङ १ का गिरमान गुरुङले राजमार्ग धुलाम्मे हुँदा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै स्वास्थ्यमा ध्यान दिन नगरपालिकालाई सुझाव दिए ।

 कहिले सम्म नगरवासीले धुलो खानुपर्ने हो भन्दै गुरुङ्ले अवेवस्थित रुपले सडक खनिदा समस्या आएको उनले गरे । सडकलाई फराकिलो बनाउने अभियान नगरपालिकाको भएपनि व्यवस्थित नबनाउदा यात्रु र नगरवासीलाई समस्या भएको गुरुङ्ले बताए । त्यस्तै वालिङ नगरपालिका ८ का गोपाल कँडेलले राजमार्गमा ध्वांस त गरियो तर पुर्ननिर्माण भएन् । ध्वांस गर्दा उचित योजनाका साथ गरिएको जस्तो देखिएन्  कडेलले भने ।

त्यस्तै युवा प्रकाश अधिकारीले नगरपालिकामा एनजिओको कार्यालय किन राखियो, यो कत्तिको नियमसंगत छ । स्मार्ट नगरपालिकामै सहकारीले ठगी गरेको समाचारहरु सुन्न र पढ्न पाईएका बेला नगरपालिकाको दृष्ट्रिकोण के छ भन्दै प्रश्न गरे । गतिशिल सहकारीले सहकारी ऐन विपरीत क्रियाकलापलाई नगरप्रमुखले किन संरक्षण बचाउन किन खोजीयो भन्दै अधिकारीले प्रश्न गरेका थिए । अदालतमा रिट दायर भएको विषयमा अब मिलाउने प्रयास गरिनु शंका उत्पन्न भएको बताए । त्यस्तै अशोक तिवारीले सरसफाई केन्द्रले गर्दा वरिपरिका खेतिबालीहरुमा असर गरिरहेको भन्दै नगरपालिकाको ध्यानार्कषण गराए । सरसफाई केन्द्र जाने बाटोका लागि  छुट्टाइएको रकम किन विषयान्तर गरिेर खर्च गरियो र किन टहरा बनाउने काम भयो भन्दै यसमा अनियमितता भएको दावी तिवारीले गरे । कार्यक्रममा सहभागिहरुले स्मार्ट बन्दै गरेको वालिङमा बजार अव्यवस्थित रहेको भन्दै पार्किङ र सडकपेटिमा राखिएको  सामाग्रीहरु हटाउन सुझाव दिएका थिए ।

फोहोरबाट मोहोर कमाई गरिरहेको भनेर नगरपालिकाले भन्दै गर्दा सहभागिहरुले फोहोरबाट भएका आम्दानी कहां कसरी खर्च गरिन्छ भन्दै प्रश्न गरेका थिए । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले नीजि क्षेत्र सगँको सहकार्य किन हुन सकेन, लगानीको वातावरण वालिङमा हुदा हुदै बाहिरी लगानीकर्ता खोजीदा न बाहिरी लगानीकर्ता आए न नगरपालिकाका लागनीकर्तालाई समेट्ने प्रयास गरियो । अर्का सहभागी जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरुले कोलोजीङ चार्ज लिन नपाईने व्यवस्था हुदा हुदै सहकारीलाई बचाउ गर्नु राम्रो नभएको बताए ।

कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले पार्किङलाई व्यवस्थित गर्दै वातावरणीय स्वच्छतामा ध्यान दिएर नगरपालिका अगाडि बढ्ने बताए । साथै प्रमुख खांणले सडक पिस गर्न १ अर्ब ६ करोड रकम लाग्ने र यसको डिपिआर समेत भएको भन्दै दुर्घटना न्युनिकरण गर्न पालिकाभित्र  भएका घुम्तीहरु कटान गरिएको दावी गरे । सरकारी सञ्चालन ऐनको नियमाली अनुसार नै सडक फराकिलो पारिएको भन्दै सडकमा गति नियन्त्रणका लागी समिति गठन गरी अगाडि बढिने प्रतिवद्धता व्यक्त गरे । सहभागीहरुले भने नगर प्रमुख खाँणले चित्तबुद्धो जवफा नपाएको सहभागीहरुले गुनासो गरेका छन् ।  
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्बाङले जिल्लाको शान्ति सुरक्षा व्यवस्था मजबुद बनाउने भन्दै स्याङ्जा जिल्ला सचेत जिल्ला भएको बताए । कार्यक्रममा नेकपाका नगरसचिव रमेश अर्याल, कागे्रसका नगरसभापति भिमलाल सुवेदी, राप्रपाका देविलाल पाण्डे लगायतले हरेक विकासमा नगरवासी सगँ समन्वय गरेर अगाडी बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले कार्यालयको प्रगति विवरणका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम नगरप्रमुख खांणको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपप्रमुख कल्पना तिवारी र सञ्चालत रेडियो आँधीखोलाका स्टेशसन म्यानेजर तोलकान्त बगालेले गरेका थिए । वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय वालिङको आयोजना र रेडियो आँधीखोलाको सहजीकरणमा नगरपालिका तथा यहाँस्थित समग्र सरकारी कार्यालय वित्तिय एव् गैर सरकारी संस्थाहरुको सम्बन्धमा सार्वजानिक सुनुवाई गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ