अध्यक्ष र उपाध्यक्षले मानोमानी गरेको आरोप लगाउदै जनप्रतिनिधिले बुझाए ज्ञापनपत्र
आन्दोल र तालाबनदी गर्ने चेतवनी
महेश सिंह,
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
440
Shares
सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विकासको काममा संतुष्ट नभएको भन्दै गाउँपालिकामा अध्यक्ष राम बल्भव साह समक्ष ज्ञापन पत्र बुझाएका छन् । यस गापाको कार्यालयबाट पटक पटक जनप्रतिनिधि तथा नियम कानून विपरीत कृयाकलाप भईरहेको हुदाँ त्यस्ता काम काज अबिलम्ब रोक्न वडाध्यक्षहरु, जनप्रतिनिधि तथा आम जनता समेतको टोलिले गापाको कार्यालयमा गई अध्यक्षलाई ज्ञापन पत्र बुझाईएको छ ।
गाउँपालिकाबाट वडाको लागि छुटाइएको रकममा कटौती ,वडा स्तरबाट छनौट गरी दिएको योजनामा आफनो मन मानीले कटौती,वडा स्तरीय बजेट बााडफाँडमा भेदभाव,अध्यक्ष र उपाध्यक्षको आफ्नो किसिमले मानोमानी जस्ता आरोप लक्ष्मीपुर पतारी गाउँपालिका ५ का वडाध्यक्ष देव कुमार यादवले लगाएका छन ।
वडा नम्बर ४ का वडाध्यक्ष विद्यानन्द साह, ५ का वडाध्यक्ष देव कुमार यादव र ६ का वडाध्यक्ष राजेश्वर साह सुडीको अगुवाईमा गएको टोलीले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र बुझदै साहले भने हामीले ज्ञापन पत्र स्वीकार गरि पढि पनि सकियो अब हामी विशेष गाउँ सभाको बैठक बोलाएर त्यो अनुसारको योजना बनाई कार्य संचालन गर्ने छौं । पतारी पर्यटकीय क्षेत्रमा घोषणा भएको छ यसको लागि हामीले केहि न केही गर्नै पर्ने हुन्छ अब बैठक पछि बजेट छनौट गर्नेछौ । तपाईहरु कुनै ठोस योजनाहरु लिएर आउनुस हामी बजेट विनियोजन गर्न तयार छौ ।
यता १६ बुँदे ज्ञापन पत्रमा एक हप्ताको समय दिएको छ । एक हप्ता भित्र सुधार भएन भने हामी जनता चरणबद्ध आनदोलन गरी गा पा मा तालाबनदी गरी काम काज बन्द गर्ने सो बाट भएका क्षतिपुर्ति र जनताको पिडा समेतको जवाफदेही गापा. अध्यक्ष र उपाध्यक्षले लिनु पर्ने ज्ञापन पत्रमा उल्लेख भएको वडा ६ का वडाध्यक्ष राजेश्वर साह सुडिले बताएका छन ।