arrow

कांग्रेस कम्युनिष्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्छ : कमल थापा

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
kamal-thapas2.jpg

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस कम्युनिष्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्वाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् । ठुला - ठुला भ्रष्टचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए ।

एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड , वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले बिदेशी हस्तक्षेप र प्रभाब रोक्न राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने आबश्यकता औल्याए । परिबर्तनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणबादी मानसिकताको बिकास गर्यौ भन्दै यो प्रवृत्तिको अन्त्य जरुरि भएको बताए ।

कास्की -२ को चुनाबी अभियानमा सहभागी हुँदै  थापाले कास्कीको निर्वाचन परिणामले सरकार ढल्ने वा कांग्रेस बढ्ने अबस्था नभएकोले परिबर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे । कांग्रेस कम्युनिष्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्ने हुदा अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मतदान दिन थापाले आग्रह गरे ।

थापाले सोमबार कास्की -२ को तीन स्थानमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरेका थिए ।   ३३ नम्बर वडा बागमारा बजार, २१ नम्बर बडा कृस्ती र पोखरा पुरानो बसपार्क ९ नम्बर वडामा आयोजित सभालाई थापाले सम्बोधन गरेका थिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ , प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ , उम्मेदवार रोम बहादुर भण्डारी र चुनावि अभियानका संयोजक जयलाल पुन लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ