arrow

तराईको माछा पहाडमा पनि बाच्यो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
macha_prem_giri.jpg

बझाङ। जिल्लाकोविच भागमा बग्ने सेती नदीमा माछा  मार्ने गरेको भएपनि माछापालन हालसम्म कसैले सुरुवात नगरेको बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिकामा परिक्षणका लागि गरेको माछापालन  सफल भएको छ । गाउँपालिकाले किसानहरुलाई अनुदानमा माछापालन ब्यबसायका लागि परिक्षण गरेपछि यो व्यवसाय सफल भएपछि छान्नाका किसान माछा पालन ब्यबसाय तिर आर्कषित भएका छन् ।

गाउँ घरको पोखरीमा पालन गरेका माछा राम्रो बढेको र एक दुई किलोको भएको देखेपछि  पोखरीमा माछा हेर्दै  स्थानीयहरु रमाउने गरेका छन् । पहाड तिर चिसोमा माछा पालन हुदैन  भन्ने प्रचलन गरेको बझाडमा छान्नामा गरिएको माछापालन सफल भएपछि जिल्लामै माछापालन हुन सक्ने सम्झावना देखिएको छ । छान्नामा माछा पालन सफल भएपछि पोखरीमा माछा  हैन अन्य ठाउँका किसानहरु पनि छान्नामा आउने गरेका छन् ।

तीन वटा पोखरीमा  सुरुवात गरेको माछा पालन राम्रो भएपछि अन्य किसानहरु  माछापालन व्यवसाय गर्न उत्साहित भएका हुन् । खप्तड छान्ना गाउँपालिका अध्यक्ष वर्क रोकायाको पहलमा  गाउँपालिकामा परिक्षणका लागी पहिलो पटक तीन पोखरी माछापालन सुरुवात गरेको थियो । कृषि पेसामा मुख्य  अभिरुचि राख्ने यस क्षेत्रका अगुवा किसानका रुपमा पनि परिचित गाउँपालिका अध्यक्ष  वर्क रोकायाले एक पोखरी माछा आफैले पालन गरेका छन् भने अन्य दुई जनाले सुरुवात गरेका छन् ।
 
छान्ना ऐचली वगरका प्रेम गिरीले भने गाउँपालिका अध्यक्षले माछापालन गरौ  हामी सहयोग गर्छु भन्दा सुरुमा त हामीले के माछा होलान भनेर सोचेका थियौ तर माछा यहाँ पनि हुने रहेछ भन्ने प्रमाणित भएको छ । उनको पोखरीमा पनि ४ किलो सम्मका माछा उत्पादन भएका थिए  । अध्यक्ष  रोकायाको पोखरीमा पनि अहिले झण्डै तीन हजार माछा छन् ।  परिक्षणका लागी माछा पालन गरेको हुदाँ पोखरी र्निमाण र माछाका चल्लाहरु गाउँपालिका कै रकम वाट सहयोग गरेको  थियो ।

 घरमै माछा पालन गरेर चार  किलोको माछा भएर केहि माछा खाएको र केहि माछा विक्री गरेको लामातोलाका किसान प्रेम गिरीले  वताए। उनले माँगुर जातका २ सय माछा पालन गरेका थिए । उनि जस्तै गाउापालिका  अध्यक्ष  रोकायाले पनि सिलभर कार्प  साथै नैनी जातका माछा पालन गरेका छन् । उनको पोखरीमा पनि तीन हजार भन्दा बढी माछा राखेका छन् । माछा ठुला भई सकेको र माछा खप्तड छान्ना गाउँपालिका राम्रो हुने रहेछ  भन्ने सफल भएको उनको भनाई छ  । परिक्षणको रुपमा माछा पालन सुरु गरेको छान्नामा सफल भएपछि धेरैले पालन गरेका माछा देख्न र खान पाए पछि खुसी भएका छन् ।

धनगढी वाट साना माछा ल्याएर सुरुवात गरेको माछा पालन परिक्षणका रुपमा सुरु गरेर राम्रा र ठुला माछा भएपछि यसपाली थप १० वटा पोखरी माग भएको गाउँपालिका अध्यक्ष वर्क रोकायाले वताए ।

यसपाली खप्तड छान्ना गाउँपालिकामा पालन गरेका माछा हेर्न र माछा खानका लागी जिल्लाका अन्य मानिसहरु पनि त्यहाँ गएका थिए । माछा यहाँ हुन सक्छन् भन्ने अनुमान गरेर दुई तीन पोखरी माछा सुरुवात गरेका हौ गाउँपालीका अध्यक्ष वर्क रोकायाले भने माछापालन सफल भएपछि अव व्यवसायिक रुपमा युवाहरु लाइ यस पेशामा लाग्न उत्पेरण दिने गरेको समेत बताए ।

 खप्तड छान्नामा पालन गरेको माछा पालन हेर्न आएका छविसपाथीभेरा गाउँपालिका  गुरेलथुमका दिनेश धामीले भने माछापालन आज सम्म कसैले गरेको थिएन तराईमा मात्र यस्तो व्यवसाय देखीन्थ्यो अव छान्नामा जस्तै आफ्नो गाउँमा पनि माछापालनको सुरुवात गर्ने वताए। कृषिलाई व्यवसायिकरण नगरे सम्म गाउँ घरमा  आर्थिक प्रगती हुदैन भन्ने मान्यता राख्ने गाउँपालिका अध्यक्ष वर्क रोकायाले व्यवसायिक तरकारी खेती फलफुल खेत गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ