बाजुरा । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजराले त्रिबेणी नगरपालिकको वडा न.१ को वडा अध्यक्ष पदका लागि खगेन्द्र चदारालाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ ।
आईतवार दिउसो कांग्रेस केन्द्रीय कार्यलयमा चदाराको नाम सर्बसम्मत सिफरिस गरि पठाएको पार्टी सभापति कबिराज पण्डितले जानकारी दिनुभएको छ । आगामी मंशिर १४ गते हुन गैरहेको उप–निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट नगरकार्य समितिले सर्वसम्मत प्रदेश “ख”लाई सिफारिस गरेपछि जिल्ला कार्य समितीबाट पनि अनुमोदन गरी केन्द्रीय कार्यालयमा पठाएको पार्टी सभापति पण्डितले बताए।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट मन्राज बुढालाई गत विहिवार सिफारिस गरी प्रदेश कमिटीमा पठाएको नेकपा जिल्ला कमिटी सचिव भरत बुढाले जानकारी दिए। २०७४ को स्थानीय तहको निवार्चनमा अवडा अध्यक्षका प्रत्यासी बुढाले ३५ मतले पराजय भएको र यपालि पनि मन्राजलाई नै प्रतिस्पर्धामा उतार्ने निर्णय गरियो नेकपा जिल्ला कमिटी सचिव बुढाले बताए ।
उक्त वडामा हाल १०३९ मतदाता संख्या रहेको कायृवाहक वडा अध्यक्ष भुवने चदाराले जानकारी दिए। तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो ।
२०७४को स्थानीय तहको निर्वाचनमा ३६५ मत प्राप्त गरी विजयी भएका थिए त्यतिवेला जम्मा सात सय मत खसेको कार्यबाहक अध्यक्ष चदाराले बताए । आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थानीय राजनीतिक कार्यकर्ताले बताए ।