जबरजस्ती करणीका अभियोगी महराविरुद्वको थुनछेक बहस सुरु
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
577
Shares
काठमाडौं । जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस शुरु भएको छ ।
जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।
बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४(३) बमोजिम जबरजस्ती करणी उद्योगको आरोपमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो ।
संसद् सचिवालयका एक महिला कर्मचारीमाथि भएको सो अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।