arrow

मृगौलाको उपचार गराइरहेका कांग्रेस पूर्व सभापति श्रेष्ठको निधन

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
lalsing.JPG

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदार लाल सिंह श्रेष्ठको निधन भएको छ । मृगौलाको समस्याका कारण दुई बर्षदेखि उपचार गराइरहेका पूर्व सभापति श्रेष्ठको शनिबार विहान निधन भएको उनका परिवारजनले वताएका छन् ।

पूर्व नगर सभापति सिंहको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले पार्टीको झण्डा ओढाएका थिए । आइतबार अन्तिम श्रद्धाञ्जली  दिएर अन्त्यष्टि गरिएको नेपाली कांग्रेस धनकुटका सभापति तथा संविधान सभा सदसय मनोरह नारायण श्रेष्ठले वताए ।

१९९१ साल माघ १२ गते धनकुटामा जन्मिएका श्रेष्ठको श्रीमती इन्द्र कमारी सिंह श्रेष्ठ र छोराहरु अस्मिन र अर्विन सिंह श्रेष्ठ र छोरीहरु लिना,मिना र सोना सिंह श्रेष्ठ छन् ।

नेपाली कांग्रेस धनकुटाका नेता श्रेष्ठ, इमानदार कर्तव्य निष्ठ र निडर साहसिक नेताका साथ कुसुल संगठन कता भएकोले उनको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ