मृतकका परिवारलाई १३ लाख दिने सहमतिपछि राजमार्ग सुचारु
गोविन्द बीसी
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
511
Shares
बौनियार। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बौनियामा बसको ठक्करबाट ज्यान गुमाएका दुई बालकका परिवारलाई १३ लाख दिने सहमति भएपछि सुचारु भएको छ ।
पीडित पक्षले माग संवोधनमा बेवास्ता गरेको भन्दै शनिवार बिहान ११ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिएI ज्यान गुमाएका दुई बालकका परिवारलाई १३ लाख दिने साँझ सहमति भएपछि पूर्व पश्चिम राजमार्ग सुचारु भएको हो ।
यस्तै, पीडित परिवारलाई बर्दगोरिया गाउँपालिकाले किरिया खर्च वापत ५० हजार दिने गाउँपालिका अध्यक्ष बलिराम डंगौराले बताए ।
बौनियामा बिहीबार साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रवार पनि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्गको बौनिया खण्ड अवरुद्ध पारेका थिए।