कार्यक्रतामा हिनताबोधको भावना आउन नदिने कोइरालाको दृढता
आशिष रेग्मी,
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
583
Shares
नवलपुर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कार्यकर्तामा हिनताबोधको भावना आउन नदिने बताएका छन्। कार्यकर्तामा नैरास्यता चुलिदै गएको उल्लेख गर्दै कोइरालाले उत्साह नभए पार्टीले अहिलेको जस्तो दुर्दशा अर्को चुनाबमा पनि भोग्नुपर्ने बताए।
पूर्वी नवलपरासिको हुप्सेकोटमा नेपाली कांग्रेस हुप्सेकोटले स्थापना गरेको कांग्रेस पुस्तकालय उदघाटन पछि कोइरालाले कार्यक्रतामा भेदभाब नगरी योगदान र क्षमताको मुल्यांकन गरि अबसर दिनुपर्नेमा जोड दिदै पार्टीको नेतृत्वको सन्दर्भमा समेत घोत्लेर सोच्न थालेको बताए।
एक अर्को प्रसङ्गमा उनले धर्म परिबर्तन गराउनु दन्डनिय हुनेछ भनेर संविधानमा नै उल्लेख गरिए पनि लक्ष्मीको प्रतीक मानिने राष्ट्रिय जनावर समेत रहेको गाई मार्नेलाई सरकारले कारबाही नगरेकोमा दुख ब्यक्त गरे।
पार्टीमा फरक बिचार राख्दै आएका कोइरालाले पार्टीमा मौलाएको अन्तरघाततर्फ संकेत गर्दै भने "फरक मत बिपि र सुबर्णको पालामा थियो यो नौलो कुरा होइन। तर फरक मत हुँदैमा फरक पार्टीको उमेदवारलाई मतदान गर्नु त भएन नी। "
हुप्सेकोट नेपाली कांग्रेसले स्थापना गरेको पुस्तकालयमा नेपाली कांग्रेसको ईतिहास, नेताहरुको जीवनी, ऐतिहासिक दस्ताबेजहरु पढ्न पाइनेछ। कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका सभापती तथा प्रदेश संसद बिष्णु लामिछाने, नेता महेन्द्र जीसी, प्रदेश संसद ओमकला गौतम, भानु सिग्देल, धन बहादुर मास्की, लक्ष्मी पान्डे, बालकृष्ण घिमिरे, तिलक सापकोटा, सरस्वती तिमिल्सिना, राजेश पौडेलले मन्तव्य राखेका थिए।
नेपाली कांग्रेस हुप्सेकोटका सभापती ओमन सिङ रजालिको अध्यक्षतामा सम्पन्न भएको थियो। यसअघी कोइरालाले नेपाल प्रेस युनियन नवलपुरले गरेको पत्रकार भेटघाटमा पनि सहभागिता जनाएका थिए।