दमौली । भाले जातको चितुवा खोरमा परेको छ । तनहुँको भानु नगरपालिका–३ स्थित देउराली सामुदायिक वनमा निर्माण गरिएको परम्परागत खोरमा सोमबार बिहान उक्त चितुवा परेको हो ।
उक्त चितुवालाई डिभिजन वन कार्यालय तनहुँले चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । रासस