निजगढको जंगलबाट भारत जादै गरेको गाडीबाट ७७ किलो गाँजा बरामद, दुई पक्राउ
मुकेश यादव,
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
512
Shares
बारा । बारामा सशस्त्र प्रहरीले चेकजांचको क्रममा भारतीय नम्बरको गाडीबाट लागुऔषध गाँजासहित दुईजनालाई गएराति साढे ८ बजे पक्राउ गरेको छ ।
बीआर ५३ ६३८६ नम्बरको भारतीय बोलेरो गाडीबाट ७७ किलो लागुऔषध गाँजासहित महागढीमाई नगरपालिका वडा नम्बर ९ कन्चनपुर निवासी ४५ वर्षिय गोपाल सहनी, आर्दशकोतवाल गांउपालिका वडा नम्बर ७ कोतवाली निवासी २४ वर्षिय आजाद आलमलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल कोल्हवीका सशस्त्र प्रहरी निरीक्षक नवराज सापकोटोको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले करैयामाई गाँउपालिका वडा नम्बर ७ ढोरिया पिपराबाट पक्राउ गरेको सशस्त्र सिमा सुरक्षा बल १२ नम्बर गणले जनाएको छ ।
निजगढबाट जंगलको बाटो भएर भारत तर्फ जान लागेको अवस्थामा शंका लागि गाडीलाई चेकजांच गर्ने क्रममा ४ बोरामा रहेको ७७ किलो लागुऔषध गाँजासहित सहनी र आलमलाई पक्राउ गरिएको सशस्त्र सिमा सुरक्षा बल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश थापाले बताए ।
पक्राउ परेका भारतीय गाडी, लागुऔषध गाँजासहित दुबैजनालाई ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाईएको सशस्त्र प्रहरी उपरिक्षक थापाले बताए ।