arrow

मौसमले मन फेर्यो, कहाँ कहाँ प्रभाव ? 

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
weather.jpg

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको जनाएको छ ।

सूचना जारी गर्दै महाशाखाले हाल देशैभरि सामान्यदेखि पूर्ण  बदली रहेको जनाएको छ । काठमाडौं उपत्यका बादलले छोपेको छ । शनिबार भने पूर्णरुपले घाम लागेको थियो । 

महाशाखाले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै राति देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

आगामी २४ घण्टामा कतै सावधानी भने अपनाउनु नपर्ने महाशाखाले जनाएको छ । 

महाशाखाले सोमबार पनि वर्षा हुने जनाएको छ । महाशाखाले मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

त्यस्तै मध्य र पूर्वी पहाडका १–२  स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ