arrow

उपनिर्वाचनको विषयमा कांग्रेस कार्यसमिति बैठक बस्दै

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
nc-party-office.png

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ ।

मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनुरोधसमेत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ