arrow

सांसद साहलाई रिहाई नगरे बन्द सहितको आन्दोलन हुने !

मन्त्रीको लागी १ घण्टा सम्म प्लेन रोकी यात्री कुराउने अवस्थाको अन्त होस्

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज ३० बिहिबार
Pramod-kumar-shah.jpg

जनकपुरधाम। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) धनुषाले सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय  सांसद प्रमोद कुमार साहको तत्काल रिहाई र बुद्ध एअर कम्पनीलाई कारवाहीको मांग गर्दै बन्द सहितका आन्दोलनको कार्यक्रम अघि सारेको छ। राजपा नेपाल धनुषाले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियाबाट सो आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएका छन।

कार्यक्रममा सहभागी विभिन्न संघ संगठनको सल्लाह सुझावमा बिहीवार दिउंसो ४ बजे जनकचोकमा गृहमन्त्री रामबहादुर थापा बादल र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईको पुत्ला दहन, शुक्रबार साँझ नगरभित्र मशाल जुलुस प्रदर्शन र शनिबार धनुषा बन्द सहित आन्दोलनको कार्यक्रम घोषणा गरेका छन।

त्यसपछि समेत सांसद साहलाई रिहाइ नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने राजपा प्रदेश नम्बर दुईका प्रमुख सचेतक परमेश्वर साहले बताए।

राजपाले सांसद साहको बिना शर्त तत्काल रिहाई गरी झुठा मुद्दा फिर्ता, जनतामैत्री सेवा नदिएका कारण बुद्ध एयरको दर्ता खारेजी र नागरिक उडडयन कार्यालय जनकपुरका प्रमुख संतोष ढकाललाई कडा कार्वाहीको माग गरेको अघि सारेका हुन्। त्यस्तै,जनकपुर उद्योग वाणिज्य संघले चाडपर्वको समयलाई दृष्टिगत गर्दै बन्द हडताल नगर्न आन्दोलनरत पक्ष राजपालाई आग्रह गरेका छन।

जनकपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष जितेन्द्र प्रसाद साह र महासचिव जितेन्द्र महासेठले एक विज्ञप्ती जारी गर्दै उद्योग तथा व्यवसाय सङ्कटमा रहेकाले हालको अवस्थामा हुने बन्द हडतालले उद्योग तथा व्यवसायमा नराम्रो असर पर्ने बताउँदै चाडपर्वको समयमा बन्द हडतालका कार्यक्रमहरु नगर्न आन्दोलनरत पक्षहरुलाई आग्रह गरे।

यता, संघीय सांसद  साहको भनाइ अनुसार अहिले सम्म संचार कर्मीहरुबाट लेखेको सकारात्मक तथा नकारात्मक समाचार सम्प्रेषणको लागी हृदय देखी धन्यबाद दिन चाहन्छु।

सांसद साह भन्छन्

‘विगत धेरै वर्ष देखी आम जनताले एयरलाइन्सहरुबाट भोगी रहेको पिडा अहिले सम्म नत कुनै राजनैतिक दल, नत कुनै समाजिक अभियन्ता,नत कुनै व्यक्तिहरुबाट उठाइयो र हामी सम्पुर्ण जनता जस्तो सुकै इमर्जेन्सी हुदा पनि एयरलाइन्सको लापरबाही सहेर बसेको अवस्था कायम नै थियो ।

यस्तो अवस्थामा म एउटा जिम्मेवार व्यक्तिले त्यहाँ भइ रहेको एयरलाइन्सहरुको गलत र मनमानी  क्रियाकलापलाई हेरेर बसि रहदा सायद जनताले मलाई दिएको भोटको अपमान हुने कुरा सम्झेर मैले संम्बन्धित निकायहरुलाई अबगत गराउन बाध्य भए।

त्यस क्रममा मैले एयरपोर्टको इन्चार्ज संतोष ढकाललाई सम्पर्क गरेर त्यहाँको अवस्थाको बारेमा जानकारी गराए साथै प्रमुख जिल्ला अधिकारी प्रदिप कडेललाई जानकारी गराए।

सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा गराउँदै कुनै किसिमको पहलको अनुभुती न हुदा र भिआपी कक्षमा बिरामी छटपटाई रहेको हेरि रहँदा म आफुलाई सांसदको पदिए जिम्मेवारीको ख्याल हुँदा हुँदै एउटा मानवताको नाताले म बुद्ध एयरको काउन्टमा लातले हान्न बाध्य भएकै हो र यसलाई यदि आम जनता तथा संचार कर्मीहरुबाट गलत भएको ठहरिन्छ भन्ने म यो गल्ती गरेकै हो र यसको लागी मलाई जुन ठाउमा माफी माग्न लगाउछ म माग्न पनि त्यार छु तर दैनिक गलती गर्ने एयरलाइन्सले गल्ती भन्छ भन्ने म मन्न त्यार छैन।

हुनत: मैले एउटा बिरामी मात्रै हेरे तर अर्को पट्टी सर्वसधारण बस्ने तिर अर्को एक जना सिंधुलीबाट एक दिन पहिले अर्थात अस्ति १२:०० बजे आफ्नो १ वर्षको काखे बच्चाको उपचार गराउन एयरपोर्ट पुगेकी महिला दिन भरिको एयरपोर्टको बसाई हुदा हुदै साँझको ५:०० बजे तीर जानकारी पाउनु भो कि आजको प्लेन कैन्सिल भयो।

ती पिडित महिला आफ्नो विरामी बच्चालाई काखमा राखी पुन: सिताशरण होटेलमा रु ३५००/ मा रुम लिइ रातीको बास बस्न बाध्य भइन र भोली पल्ट अर्थात हिजो ३ बजे CD-6 नम्बरको सिटमा बसेर काठमाडौ आइन। यो हिजो मात्रै भएको घटना होइन यस किसिमको घटना दैनिक भै रहेका छन।

तर कसैले नबोलदिएको मात्रै हो। संयोगवस हिजो मेरो अगाडीमा भएकोले मैले जनताको पिडालाई एउटा जनप्रतिनिधिको हैसियतले बोलेको छु। संचार माध्यमबाट जानकारी पाए अनुसार ७ दिन भित्र सांसदलाई कार्यवाही नभए सबै प्लेन बन्द गर्ने कुरा बाहिर आएको छ। यदि सहि हो भन्ने आम जनताको लागी अवाज उठाउदा यदि कार्यवाही हुन्छ भन्ने त्यो कार्यवाही भोग्न म त्यार छु तर मेरो केहि जिज्ञासा र प्रश्नहरु छन्।

यदि ट्याक्सीवाला ले भन्छ कि हामिलाई मिटर बिगारेर यात्रु ठग्न देउ नत्र हामी सडकमा ट्याक्सी चलाउन बन्द गर्दिन्छौ ?  पेट्रोल पम्प वाला ले भन्छ कि तेल चोर्न देउ नत्र हामी देशैभरीको पम्प बन्द गरि दिन्छौं ? पसलवालाहरु भन्छ मलाई कमि समान बेच्न देउ नत्र हामी देशै भरका पसल बन्द गरि दिन्छौ ? त के राज्यले त्यो गर्न अनुमती दिन्छ ? यदि दिन्छ भन्ने म कार्यवाही भोग्न त्यार भएर बसि रहेको छु। नत्र भन्ने जनतालाई ठग्ने एयरलाइन्स लाई कार्यवाही गर्न जोडदार माँग गर्दछु।

जनतालाई प्लेन चढन दुई दिन सम्म कुराउने एयरलाइन्स एउटा मन्त्रीको लागी १ घण्टा सम्म प्लेन रोकी यात्री कुराउने अवस्थाको अन्त होस्।‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ