काठमाडौं । युरोकप छनोट फुटबलमा ईटालीले आक्रामक यात्रालाई कायमै राखेको छ । ईटालीले अहिलेसम्म खेलेका छनोटका ८ खेलमा सबैमा विजयी नतिजा निकालेको छ ।
आठौं खेलमा मंगलबार राति ईटालीले लिचटेन्सटेन्टलाई ५–० गोल अन्तरले हरायो । लिचतेन्सटेन्टको मैदानमा भएको खेलमा ईटालीलाई जिताउन एन्ड्रे बेलोट्टीले २ गोल गरे ।
फेडेरिको बर्नाडेस्ची, एलेसियो रोमाग्नोली र स्टेफान एल शार्रेले एक–एक गोल गरे । अहिलेसम्म खेलेका ८ खेलमा २५ गोल गरेको ईटालीले ३ खेलमा ३ गोलमात्र खाएको छ ।
यसअघि कसलाई हरायो ?
पहिलो खेलमा फिनल्यान्डलाई २–० ले ।
दोस्रो खेलमा लिचटेन्सटेन्टलाई ६–० ले ।
तेस्रो खेलमा ग्रीसलाई ३–० ले ।
चौथो खेलमा बोस्निया एन्ड हर्ज गोबिनालाई २–१ ले ।
पाँचौं खेलमा अर्मेनियालाई ३–१ ले ।
छैटौं खेलमा फिनल्यान्डलाई २–१ ले ।
सातौं खेलमा ग्रीसलाई २–० ले ।
आठौं खेलमा लिचटेन्सटेन्टलाई ५–० ले ।
नवौं खेलमा नोभेम्बर १६ मा बोस्निया हर्जगोबिनासंग खेल्दै ?–?
दशौं खेलमा नोभेम्बर १९ मा अर्मेनियासंग खेल्दै ?–? ।