arrow

युरोकप फुटबल छनोटमा आइतबार राति ९ खेल २५ गोल, रुस र पोल्याण्ड छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असोज २७ सोमबार
football21.jpg

काठमाडौं । युरोकप फुटबल छनोटमा आइतबार राति ९ खेल भएका छन् । जसमा २५ गोल भएको छ । समूह सी को खेलमा नेदरल्याण्डस र जर्मनी विजयी भएका छन् । 

नेदरल्याण्डसले बेलारुस र जर्मनीले ईस्टोनियाविरुद्व महत्वपुर्ण जित हासिल गरेका छन् । नेदरल्याण्डसले बेलारुसलाई २–१ र जर्मनीले इस्टोनियालाई ३–० गोल अन्तरले हराएको हो ।

डच टिमलाई जित दिलाउन दुवै गोल इंगलिश क्लब लिभरपुलका मिडफिल्डर जोर्गिन्हो विचनाल्डमले गरे । बेलारुसका ड्रागनले ५३ औ मिनेटमा एक गोल गोल फर्काए ।

जर्मनीलाई जित दिलाउने क्रममा तीनै गोल दोस्रो हाफमा भएका थिए । इल्के गुएन्डोगोनले दुई तथा टिमो वर्नरले एक गोल गरे । 

समूह सीमा ६ खेलबाट नेदरल्याण्डस र जर्मनीको समान १५ अंक छ । तेस्रो स्थानको नर्दन आयरल्याण्डको १२ अंक छ । यी तीन टिममध्ये दुई टिम युरोकपका लागि छानिने छन् । 

समूह ईको खेलमा हंगेरीले अजरबैजानलाई १–० गोल अन्तरले हराएको छ । त्यस्तै क्रोएसिया र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् । क्रोएसियाका लागि निकोला भ्लासिक र वेल्सका लागि ग्यारेथ बेलले गोल गरे । 

समूहमा क्रोएसिया ७ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा छ भने १२ अंकको हंगेरीको १२ अंक छ । तेस्रो स्थानको स्लोभाकियाको १० अंक छ । 

समूह जीको खेलमा पोल्याण्डले नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले हराउँदै युरोकपमा छानिन सफल भएको छ । 

दुई खेल अगावै छनोट भएको पोल्याण्डका लागि दुवै गोलमा पास रोबर्ट लेवान्डोस्कीले उपलब्ध गराएका थिए । फ्रानकोव्स्की र अर्काडियस मिलिकले गोल गरे । 

क्रोएसियाका लागि निकोला भ्लासिक र वेल्सका लागि ग्यारेथ बेलले गोल गरे । 

८ खेलबाट पोल्याण्डको १९ अंक छ । दोस्रो स्थानको अष्ट्रियाको १६ अंक छ । आइतबार राति अष्ट्रियाले स्लोभेनियालाई १–० गोल अन्तरले हरायो । म्यासेडोनिया र स्लोभेनियाको समान ११–११ अंक छ । 

समूह आईको खेलमा बेल्जियमले काजखस्तानलाई २–० गोल अन्तरले हरायो । मिचि बात्सुयायी र थोमस मुनियरले १–१ गोल गरे । बेल्जियम युरोकपमा छानिने पहिलो टिम हो ।

त्यस्तै साईप्रसमाथि ५–० गोल अन्तरको फराकिलो जित निकाल्दै रुस पनि युरोकपमा छनोट भएको छ । रुसले १० खेलाडीमा सीमित साईप्रसमाथि फराकिलो जित निकालेको हो । 

डेनिस चेरसेवले २ तथा मेगोमेड ओजदोयेव, आर्टेम डेजुबा र अलेक्सा गोलोविनले १–१ गोल गरे । 

अर्को खेलमा स्कटल्याण्डले सन मारिनोलाई ६–० गोल अन्तरले हरायो । 

यो खेलपछि समूह आईमा बेल्जियमको २४, रुसको २१ र तेस्रो स्थानको साईप्रसको १० अंक छ । 

यो समूहबाट दुई टिमको छिनोफानो भइसकेकाले साइप्रस, स्कटल्याण्ड, काजखस्तान र सान मारिनो बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ