चौध बुँदे संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति सीको भ्रमण सम्पन्न
प्रकाशित २०७६ असोज २६ आइतबार
157
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमण चौधबुँदे संयुक्त वक्तव्य जारी गर्दै सम्पन्न भएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारीसँग भेटवर्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी चिनियाँ विशिष्ट पाहुनाको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गर्नुभएको थियो । न्यानो एवं हार्दिकतापूर्ण वातावरणमा दुई देशका नेतृत्वबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तराष्ट्रिय साझा चासोका विषयमा गहनरुपमा विचार आदानप्रदान भएको थियो ।