arrow

दशैंको त्रयोदशीमा पनि टीका लगाउने क्रम जारी 

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
dashain.jpg

काठमाडौं । बडादशैं अन्तर्गत टीकाको चौथो दित्रयोदशीका दिन शुक्रबार पनि टीका लगाउने क्रम जारी रहेको छ । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम पूर्णिमासम्मै चल्छ । नेपालका विभिन्न क्षेत्रमा आफ्नै किसिमको संस्कृतिअनुसार दशैं मनाइन्छ । पश्चिम नेपालका कतिपय क्षेत्रमा दशमीको दिनमामात्र टीका लगाइन्छ । 
 
समयसंगै केही पश्चिमी क्षेत्रमा पूर्णिमैसम्म पनि टीका लगाउन थालिएको छ । काठमाडौंसहितका पूर्वी जिल्लाहरुमा भने पूर्णिमासम्मै टीका लगाउने चलन छ । 
 
केही क्षेत्रहरुमा दशमीको दिन लगाइएको टीका एकादशीको दिन विश्राम लिएर द्धादशीको दिनदेखि पुनः टीकाटालो सुरु भएको छ । दशमीको दिन घर परिवारमा र त्यसबाहेकका दिनमा भने आफन्तकहाँ टीका लगाउन जाने चलन छ । 
 
विदेशमा रहेका नेपालीहरुले पनि पूर्णिमासम्मै टीका लगाउँछन् । 
 
टीका लगाउनकै लागि सरकारले पहिलो पूर्णिमासम्म बिदा दिने गरेको भए पनि यसपटक एकादशीको दिनसम्म मात्र बिदा दिइएको थियो । 

बिहीबारदेखि सरकारी कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ