परस्त्रीसँग सम्बन्ध राख्ने मालपोत अधिकृत ऐडीलाई १० दिन हिरासतमै राखिने
दीपेन्द्र बस्नेत
प्रकाशित २०७६ असोज २३ बिहिबार
424
Shares
कञ्चनपुर। परस्त्रीसँगको सम्बन्धमा रंगेहात भेटिएर बुधवार राति पक्राउ परेका जिल्लाको दक्षिणी क्षेत्र बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी र उनीसँगै पक्राउ परेकी महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ ।
महिलाका परिवार तथा बेलौरी नगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष अर्जुन ढकालले दिएको उजुरीका आधारमा मालपोत कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि बुधवार राति प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।
बिहिबार दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर चलान गरी हिरासतमा राखिएको छ ।
उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्यले बताएका छन्।