समुदायमा दशैं मनाउने क्रममा डा भण्डारीले करिव ५ सय जना बोटे माझीहरुलाई टिका दक्षिणा र महिलाहरुलाई नयाँ बस्त्र प्रदान गरेका थिए।
दशैंका अवसरमा गुल्मी दरवार गाँउपालिका १ को माझी प्राथमिक विद्यालय र नरहरि माध्यमिक विद्यालय तथा चन्द्रकोट गाँउपालिका ८ को ज्ञानोदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने बोटे माझी र कुमाल समुदायका करिव २ सय ५० विद्यार्थीहरुलाई भण्डारीले टिका, दक्षिणा र आर्शिवाद सहित शैक्षिक सामग्री पनि प्रदान गरे।
माझी प्राविका शिक्षक अभिभावक संघका अध्यक्ष होम बहादुर माझीका अनुसार भण्डारीले स्थानिय ९० बर्षीया मन कुमारी बोटे माझीको हातबाट टिका लगाएका थिए।
भण्डारीले बुधवार भने झेर्दी र बम्घाका बोटे दलित समुदायका बीचमा दशैंको मनाउने कार्यक्रम रहेको छ ।