विद्यार्थी नेता कृष्ण कार्की अन्न ग्रहण नगरि दुर्गा अनुष्ठानमा
प्रकाशित २०७६ असोज २० सोमबार
658
Shares
मोरङ्ग। नवदुर्गाको आराधना गरिने दशैंको नवरात्रमा नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री कृष्ण कार्कीको भक्ती अहिले पूर्व क्षेत्रमा चर्चामा छ। कार्की यस बर्ष पनि अघिल्लो बर्षमा झै आफै कर्ता भएर दुर्गा पूजा र जमरा राख्ने कार्य गरिरहेका छन्।
दशैंको नवरात्रमा नौ दिनसम्म देवी दुर्गाको आराधनामा रहँदा अन्न समेत ग्रहण नगरि कार्कीले देवी दुर्गाको अनुष्ठानमा आफूलाई समर्पित गरेका छन्।
बिराटनगर पोखरियास्थित राधाकृष्ण पाञ्चाङग मन्दिर, राधाकृष्ण भजन मण्डली समूह र पोखरिया युवा समुहको आयोजनामा आठौं पटक पोखरियाका ४ सय घर परिवारको सामुहिक जमरा कार्यक्रममा कार्की अनुष्ठानमा बसेका हुन्।
घटस्थापनाको दिन देखि ९नौ दिन सम्म अन्न नखाई, दूध मात्र खाएर कार्कीसँगै बिराटनगर महानगर वडा नं १ का अध्यक्ष उद्धब अर्याल पनि अनुष्ठानमा बसेका छन्। कार्की यसैगरि छठको समेत वर्त समेत बस्दै आएका छन्। अर्याल पनि यस अघी पनि अनुस्ठानमा थिए।
कार्कीले यो ब्रतले आफूलाई मनलाई शुद्ध राख्दै राजनीतिमा अघि बढन थप प्रेरणा मिलेको बताए। भगवत भक्ती, पूजापाठ, अनुष्ठान र आराधना धार्मिक क्षेत्रका व्यक्तिहरुको मात्र जिम्मेवारी हो भन्ने भ्रमलाई चिर्दै कार्कीले गरेको भगवत भक्ती दशैंको बेलामा पूर्वी नेपालमा चर्चामा रहेको छ।