पत्रकार शिवाकोटीलाई सुरक्षा दिन प्रेस युनियन सुनसरीको माग
प्रकाशित २०७६ असोज १६ बिहिबार
284
Shares
इटहरी । निर्वतमान सभामुख कृष्णबहादुर महराको जबर्जस्ती करणीको कर्तुत बाहिर ल्याउँने पत्रकार अजयबाबु शिवाकोटी असुरक्षित भएको भन्दै प्रेस युनियन सुनसरीले आपत्ती जनाएको छ ।
प्रेस युनियन सुनसरीले एक विज्ञप्ती जारी गदै नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमको प्रधान सम्पादक समेत रहेको शिवाकोटीको सुरक्षा गर्ने सरकारलाई आग्रह गरेको हो ।
शिवाकोटीले तत्कालिन सभामुख कृष्णबहादुर महराको यौन कर्तुत बाहिर ल्याएकै भरमा सुरक्षा थ्रेड बढेको भन्दै तत्काल सुरक्षा ब्यवस्था नमिलाए कडा आन्दोलन गर्ने नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष धनबहादुर पुरीले जनाएका छन । एक विज्ञप्ती जारी गदै पुरीले समाचार लेखेकै विषयमा पत्रकार असुरक्षित हुनु पर्ने अवस्था आए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।
लोकतन्त्रमा समाचार लेखेकै भरमा पत्रकार असुरक्षित हुनु गम्भिर विषय हो । सामाजिक सञ्जालहरुमा पत्रकारलाई तल्लो स्तरमा गाली गलौज समेत गर्ने हुर्मत गरिएको प्रति हामी आपत्ती प्रकट गर्दछौ अध्यक्ष पुरी विज्ञप्ती मार्फत भनेका छन ।