गाँउपालिका भवन उदघाटन गर्न गएका रिजाललाई नेकपाका कार्यकर्ताले बाटैमा रोके
नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत : रामचन्द्र पौडेल
प्रकाशित २०७६ असोज १२ आइतबार
593
Shares
तनहुँ । तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुगेका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुले बाटैमा अवरोध गरेका छन् । गाँउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेको थियो ।
सो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो । तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाँउपालिका भवन उदघाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गर्दै भवन उदघाटनका लागि जान लागेका रिजाललाई बाटो अवरोध गरेका हुन् ।
'नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् ।' घटनाको भर्त्सना गर्दै नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने,'पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भर्त्सना गर्दछु । सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन् ।'
यसअघि नेकपाले बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोस्रो जागरण अभियानमा आक्रमण गरेको थियो । सो घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेका हुन् ।
सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुने कांग्रेसले जनाएको छ ।