विदेशको उपचार खर्चबारे प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न
प्रकाशित २०७६ असोज १२ आइतबार
559
Shares
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैदेशिक उपचारबारे गम्भीर प्रश्न खडा गरेका छन् ।
उनले कानुनको धज्जी उडाएर ओली सरकारले विदेशमा स्वास्थ्य उपचारबारे गलत निर्णय गरेको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा सवाल खडा गर्दै उनले आफूहरुले एक वर्ष अगाडि पारित गरेको कानुनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले नदिने बताएका छन् ।
यो कानुन पूर्व राष्ट्रपति वा प्रधानमन्त्रीलाई पनि लागु हुने भन्दै थापाले सरकारले के आधारमा विदेशमा गरेको खर्च व्यहोर्ने निर्णय गर्यो भनी प्रधानमन्त्री ओलीलाई नै प्रश्न गरेका छन् ।
यस्तो छ उनको ट्वीटर –‘हामीले एक वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ –कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन। पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ।तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?’